देश

प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त, सभामुखद्वारा शपथ ग्रहण

काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार संसद् सचिवालयमा आयोजित विशेष कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले उनलाई शपथ गराएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई बुधबार प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका थिए । नियुक्तिपछि अधिकारीले बिहीबारदेखि नै औपचारिक रूपमा कार्यभार सम्हालेका छन् ।

शपथ ग्रहण कार्यक्रममा संसद् सचिवालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । नवनियुक्त सचिव अधिकारीले संसदीय कामकारबाहीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *