देश

तिस बिघा जग्गामा गरिएको गाँजा फँडानी

बागमती। प्रहरीले मकवानपुरको विभिन्न स्थानमा ३० बिघाभन्दा बढी जग्गामा लगाएको गाँजाखेती फँडानी गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जिल्लाको उत्तरी भेगमा पर्ने राक्सिराङ गाउँपालिकाको चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाको सातकन्या, खैरेनी, जोइटी र भीमफेदी गाउँपालिकाको भदौरे ज्यार्बुलगायतका स्थानमा स्थानीयहरुले अवैध रुपमा गरेको गाँजाखेती फँडानी गरेको हो ।

स्थानीयले अवैध रुपमा गाँजाखेती गरेको गोप्य सूचनाका आधारमा यही कात्तिक १७ देखि २० गतेसम्म खटिएको संयुक्त टोलीले ३० बिगाहा १० कट्ठामा लगाइएको गाँजाखेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । गाँजाखेती भएको अन्य स्थानमा पनि अभियान सञ्चालन गरिने उनले बताए । मकवानपुरको पहाडी भेगमा बर्सेनि गाँजाखेती हुँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *