देश

सभामुख घिमिरेद्वारा प्रमुख दलसँग संसदीय छानबिन समिति गठनबारे परामर्श

काठमाडौं । ‘संघीय निजामती सेवा विधेयक, २०८०’ मा कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था तोडमोड गरिएको आरोपबारे छानबिन समिति गठन गर्ने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख दलहरूसँग छलफल गरेका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिहीबार अपराह्न बसेको छलफलमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए। उपसभामुख इन्दिरा राना पनि छलफलमा उपस्थित थिइन्।

सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिम संसदीय छानबिन समिति गठन गर्न प्रस्ताव गरेका छन्। उनले समितिको कार्यादेश (टीओआर), समयसीमा, र सदस्यहरूको नामावलीबारे प्रस्ताव गर्न दलहरूलाई आग्रह गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *