देश

कुलिङ पिरियड प्रकरण : छानबिनको मोडालिटीबारे सभामुखले गरे छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले कुलिङ पिरियड प्रकरणमा छानबिन समिति बनाउने विषयमा परामर्श थालेका छन्। सभामुख घिमिरेले संसदमा रहेका शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्।

राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन समितिका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेपछि घिमिरेले मोडालिटी र टीओआरबारे छलफल गरेका हुन्। छलफलमा समितिका सभापति रामहरि खतिवडा, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामुकमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।

प्राधनमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि प्रमुख दलका शीर्ष नेताहरूसँग समेत परामर्श गरेर अगाडि बढ्न सभामुख घिमिरेलाई उनीहरूले सुझाव दिएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *