काठमाडौँ । बुधबार एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा समितिको वार्षिक प्रतिबेदनको मस्यौदामाथि आन्तरिक छलफल हुनेछ ।
त्यस्तै, बिहान ११ बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल पर्यटन बोर्डको हालसम्मको अवस्था, कार्यप्रगति र चुनौती तथा आगामी कार्ययोजना बारे सम्बन्धित मन्त्रालय र बोर्डसँग छलफल हुनेछ ।
त्यस्तै, बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रश्तावकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।
यसैगरी, दिउँसो २ बजे बस्ने महिला तथा समाजिक मामिला समितिको बैठकमा समितिको कामकारवाही सम्बन्धमा छलफल हुनेछ । बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड र भेरी नदिको पुलको बारेमा छलफल हुनेछ ।




