राजनीति

सभामुखले बोलाए मुख्य दलका सचेतकरूको बैठक

काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका मुख्य सचेतकरूको बैठक बोलाएका छन् ।सभामुखले बिहान साढे १० बजे बानेश्वरमा प्रमुख तीन दलका मुख्य सचेतकको बैठक बोलाएका हुन् । सभामुख घिमिरेले एमालेका महेश बर्तौला, कांग्रेसका श्याम घिमिरे र माओवादी केन्द्रका हितराज पाण्डेसँग छलफल गर्न लागेका हुन् ।

रास्वपाको संसदीय दलको बैठक भएकाले रास्वापका प्रमुख सचेतकसँग बैठक सकिएपछि तीन दलका मुख्य सचेतकसँग छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ । त्यसअघि सभामुखले दलका सचेतकहरूसँग छलफल गर्न लागेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *