राजनीति

प्रतिपक्षी अडिग, सभामुख सक्रिय : संसद सुचारु गर्न दबाब

काठमाडौं।सभामुख देवराज घिमिरेले संसदको गतिरोध अन्त्य गर्न आज प्रमुख तीन दलका प्रमुख सचेतकहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्।

प्रतिनिधि सभा बैठक सुरु हुनुअघि सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुखले सत्ता पक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग संवाद गरेका हुन्।

छलफलमा एमालेका महेश बर्तौला, कांग्रेसका श्यामकुमार घिमिरे र माओवादी केन्द्रका हितराज पाण्डे सहभागी थिए। सभामुखले दलहरूबीच सहमति जुटाई संसद सुचारु गर्न आग्रह गरेका छन्।

यही जेठ १५ मा बजेट प्रस्तुत भएयता गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका छन्।

संसद ठप्प हुँदा बजेटमाथिको छलफलसमेत सुरु हुन सकेको छैन। आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *