काठमाडौँ । प्रतिनिधि सभामा गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको छ ।सरकारले ल्याएको भुमी सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ लाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा संसदमा गणपुरक संख्या नभएको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको थियो ।
माओवादी केन्द्रको आपत्ति पछि सभामुखले संबिधानको धारा ९४ बमोजिम कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्न एक चौथाई सदस्य अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था अनुसार गणपुरक संख्या यकिन गर्दा आवश्यक ६९ मा ६५ सांसद मात्र उपस्थित पाइएको थियो ।
त्यसपछि सभामुख देवराज घिमिरेले सो प्रस्ताव पेश गर्न नामिल्ने भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।




