राजनीति

गभर्नर नियुक्तिमा कांग्रेस पदाधिकारी बैठकमा चर्काे बहस

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बसिरहेकाे छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा छलफल भइरहेकाे छ।

बैठकमा करिव दुई महिनादेखि कायम मुकायमको भरमा चलेको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा विशेष छलफल हुने बताइएको छ। लामो समयदेखि गभर्नर नियुक्ति हुन नसक्दा सरकार र सत्ता सहयात्री दल नेपाली कांग्रेसको आलोचना हुँदै आएको छ।

यी दुई दलबीच राष्ट्र बैंकको गभर्नर कांग्रेसको कोटाबाट नियुक्ति गर्ने सहमति भइसकेको छ। तर प्रक्रिया नमिल्दा नियुक्ति हुन सकेको छैन। सिफारिस समितिले नाम सिफारिस गर्न सकेको छैन भने कांग्रेसले गभर्नर बनाउन चाहेका गुणाकर भट्टले दिएको राजीनामा कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगर्दा गभर्नर नियुक्ति हुन सकेको छैन।

यही विषयलाई लिएर यी दुई दलबीच किचलो उत्पन्न समेत भएको छ। आज बस्ने पदाधिकारी बैठकमा यी विषयमा गम्भीर छलफल हुने भएकाले पदाधिकारी बैठकलाई महत्वका साथ हेरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *