देश

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ : बजेदेखि सुरू हुनेछ ।

आजको बैठकमा केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

गत बैशाख २२ गतेदेखि निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकवाट नीति तथा कार्यक्रम सार्बजनिक गरेको पर्सी पल्टदेखि निरन्तर छलफल चलिरहेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *