देश

राज्यमन्त्री गर्बुजाको पद तथा गोपनियताको शपथ आज

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको पद तथा गोपनियताको शपथ आज हुने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बिहान साढे ११ बजे राज्यमन्त्री गर्बुजाको शपथ हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने कानुनी प्रावधान रहेको छ । गर्बुजालाई प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *