देश

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं ।नेकपा (एमाले) को संसदीय दलको बैठक शनिबारका लागि आह्वान गरिएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो १ बजे बैठक बस्ने तय भएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

संसदीय दलको बैठकमा राष्ट्रपतिले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुनेछ।

यस्तै, दलका तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने मुख्य सचेतक बर्तौलाले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *