राजनीति

भाजपा विदेश विभाग प्रमुख चौथाईवालेद्वारा प्रचण्डसँग भेटवार्ता

काठमाडौं। नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् ।

नेपाल बसाईको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता जारी राखेका छन्। काठमाडौं ओर्लिएकै दिन हिजो (बुधबार) गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका चौथाईवालेले आज विपक्षी दलका नेता प्रचण्डसँग खमुलटार पुगेर भेटवार्ता गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *