देश

ललितपुर महानगरले भोलिदेखि विद्यालय सञ्चालन गर्न आग्रह

काठमाडौं । ललितपुर महानगरपालिकाले सबै सामुदायिक विद्यालयलाई भोलि (वैशाख १६ गते)देखि सञ्चालन गर्न आग्रह गरेको छ। महानगरका प्रवक्ता राजु महर्जनले आज एक सूचना जारी गर्दै विद्यालयहरूमा नियमित पठनपाठन र विद्यार्थी भर्ना लगायतका शैक्षिक गतिविधिहरू पुनः सुरु गर्न अनुरोध गरेका छन्।

महानगरपालिकाले शैक्षिक सत्र २०८२ का लागि शैक्षिक कार्य पात्रो प्रकाशन गरिसकेको छ, जसअनुसार विद्यालय सञ्चालनका लागि सम्पूर्ण तयारी गरिसकिएको थियो। यद्यपि, विद्यालयका शैक्षिक क्रियाकलाप अझै सञ्चालनमा नआएकोमा महानगरको गम्भीर ध्यानाकर्षण भएको छ।

सर्वोच्च अदालतको आदेश अनुसार, सबै बालबालिकालाई नियमित पठनपाठनका अवसर प्रदान गर्नुपर्ने हो, र यसैको पालना गर्दै ललितपुर महानगरले विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो।

यसैबीच, देशभरका शिक्षकहरू र कर्मचारीहरू विद्यालय शिक्षा ऐन जारी गर्नको माग गर्दै सडक आन्दोलनमा जुटेका छन्। २७ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूले ऐन जारी नहुँदासम्म कुनै पनि शैक्षिक क्रियाकलापमा भाग नलिने स्पष्ट पारेका छन्।

lalitpur

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *