राजनीति

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । संसद् अधिवेशनमा पार्टीको भूमिका बारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुने छ ।बजेट अधिवेशनलाई कसरी सफल बनाउने र शिक्षकको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *