
काठमाडौं । नेपाली कांग्रेसले क्याथोलिक क्रिस्चियन धर्मगुरू पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा सोमबार भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एक शोक वक्तव्य जारी गर्दै पोप फ्रान्सिसप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। वक्तव्यमा भनिएको छ, “शान्ति, करुणा, आध्यात्मिक साहस र न्यायको पक्षमा संसारभरका लाखौं मानिसहरुलाई प्रेरित गर्दै आउनु भएका धर्मगुरू फ्रान्सिसप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त सबैप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु।”