काठमाडौँ । राजसंस्था फर्काउन गठन गरिएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको प्रहरी निगरानी हटेको छ ।
सुवेदीले आफु गत चैत्र १५ गतेबाट चौबीसै घण्टा प्रहरीको निगरानीमा रहेको र आजदेखि प्रहरी निगरानी हटेको र संयुक्त जनआन्दोलन समितिको नियमित काममा फर्केको जानकारी गराएका छन् ।
सुवेदी प्रहरीको निगरानीमा परेपछि जानआन्दोलन समितिको कार्यवाहक संयोजकको भूमिका डा. जगमान गुरुङले सम्हालेका थिए ।




