राजनीति

रास्वपाको केन्द्रीय समितिको बैठक सुरु, सुमना अनुपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा केही बेर अघिबाट बैठक सुरु भएको हो ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको कार्यबहाक प्रवक्ता मनीष झाले जानकारी दिए ।उनका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुनेछ ।

बैठकमा सहमहामन्त्री सुमना श्रेष्ठ भने सहभागी छैनन् । उनले पदबाट राजीनामा दिइसकेकी छन् । आजको बैठकमा सुमनाको राजीनामाबारे पनि छलफल हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *