काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना छानबिन गर्न स्वतन्त्र आयोग गठनको माग गरेको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितको पार्टीको प्रतिनिधिमण्डलले बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै आयोग गठनको माग गरेको हो ।
राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वलाई निलम्बन गर्न माग गरेको छ ।
त्यस्तै राप्रपाले मृतकलाई शहिद घोषणाको माग गर्दै हाल हिरासतमा रहेका नेताहरू रवीन्द्र मिश्र, धवलशमशेर राणालाई रिहा गर्न माग गरेको छ ।






