देश

प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सर्‍यो

काठमाडौँ। प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेका लागि सरेको छ ।

सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गरेको बैठक बस्ने समय परिर्वतसम्बन्धी सूचनामा ११ बजे बस्ने भनिएको बैठक दुई घण्टाका लागि सरेको हो ।

सूचनामा विशेष कारणले निर्धारित समयमा बस्ने नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम २ को प्रतिबन्धात्मक वाक्याशं बमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण भएको उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *