राजनीति

विपक्षी दलहरूको बैठक: समसामयिक राजनीतिक मुद्दामा छलफल

काठमाडौं। गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक जारी छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक केहीबेरअघि सुरु भएको हो ।

बैठकमा सरकारका कामकारबाही र समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, मधाव नेपाल, नारायणकाजी श्रेष्ठ, डीपी ढकाल, स्वर्णिम वाग्ले, महिन्द्र राय यादवलगायत सहभागी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *