काठमाडौं । रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत १६ गते गर्ने निर्णय गरिएको छ। सर्वदलीय बैठकपछि नयाँ मिति तय भएको हो।
यसअघि चैत ५ गतेका लागि तय भएको निर्वाचन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले फर्जी परिचय पत्र वितरणको आरोप लगाउँदै गेटमा ताला लगाएपछि स्थगित भएको थियो। अब भने सर्वदलीय सहमतिपछि नयाँ मितिमा निर्वाचन सम्पन्न गरिने भएको छ।
रत्नराज्यलक्ष्मी क्याम्पसद्धारा स्ववियु निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान




