देश

राष्ट्रियसभा सदस्यको समिति हेरफेर

काठमाडौँ। राष्ट्रियसभाका विषयगत समितिमा रहेका सदस्यहरूको समिति हेरफेर गरिएको छ ।

सभाको आजको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले सदस्य कृष्णबहादुर रोकायलाई ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ बाट ‘विधायन व्यवस्थापन समिति’ मा राखिएको जानकारी दिए ।

यस्तै, सदस्य नारायणदत्त मिश्रलाई ‘विधायन व्यवस्थापन समिति’ बाट ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ हेरफर गरिएको छ । समिति हेरफेर गर्ने प्रस्तावमा बैठकले सहमति जनाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *