राजनीति

चन्द्र भण्डारीको आक्रोश: ‘चारवटा जहाज लिएर विद्यार्थी ल्याउन किन रोकिएको छ सरकार?’

काठमाडौं ।नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले ओडिशामा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा सरकारको भूमिकाप्रति गम्भीर असन्तोष जनाएका छन्। उनले सरकारलाई तत्काल चारवटा जहाज लिएर नेपाली विद्यार्थीहरूलाई स्वदेश फर्काउन निर्देशन दिन आग्रह गरे।

भण्डारीले सरकारलाई कडा शब्दमा चेतावनी दिँदै भने, “कसले रोकेको छ? सरकारले आफ्नो उपस्थिति देखाओस्, तब मात्र विश्वविद्यालय प्रशासनसँग प्रभावकारी संवाद हुन सक्छ!”

ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्राको मृत्युपछि नेपाली विद्यार्थीहरू आन्दोलित छन्। भण्डारीले सरकारको निष्क्रियताप्रति आक्रोश व्यक्त गर्दै संकटको घडीमा नागरिकप्रति गम्भीर बन्नुपर्ने बताए।

यस घटनाले नेपाल-भारत कूटनीतिक तहसम्म तरंग ल्याइसकेको छ, भने नेपाली विद्यार्थीहरू सुरक्षित रहनुपर्ने माग गर्दै चर्को दबाब सिर्जना भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *