राजनीति

एकीकृत समाजवादीले तोक्यो नेताहरूको जिम्मेवारी

काठमाडौं। नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी तोकेको छ। गत असारमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनपछि पार्टीले १ वर्षका लागि नेताहरूको जिम्मेवारी तोकेको हो।

पार्टी अध्यक्ष माधवकुमार नेपालले अन्तर-पार्टी निर्देशन ४ जारी गर्दै ७७ वटै जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रका इन्चार्जहरूको नियुक्ति गरेका छन्। त्यस्तै, विभागीय प्रमुख, मोर्चा र फाँटका प्रमुख, उपप्रमुख, इन्चार्ज र सह-इन्चार्जहरूको जिम्मेवारी पनि तोकिएको छ।

विभागीय प्रमुखको जिम्मेवारी पार्टीका पदाधिकारी र पोलिटब्युरो सदस्यलाई दिइएको छ भने जिल्ला र निर्वाचन क्षेत्रका इन्चार्जहरूको जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई तोकिएको छ।

पार्टीका अनुसार, प्रत्येक ४ महिनामा कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेताहरूको जिम्मेवारीमा फेरबदल गर्न सकिनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *