काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ। बुधबार जिल्ला अदालत पर्साले लामिछाने विरूद्ध पक्राउ पूर्जी जारी गरेको हो ।
सहकारी ठगी प्रकरणमा उनी सहित १४ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी किशोर लम्सालले बताए ।
वीरगन्जको सानोपाइला सहकारी रकम अपचलमा संलग्न रहेको आरोपमा उनी विरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
रास्वपा सभापति एवं पूर्व गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी,सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ । अहिले लामिछानेलाई अनुसन्धानका लागि चितवन लगिएको छ ।




