काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने पक्राउमाथि निश्पक्ष छानबिन गरि दोषी भए कारबाही गर्न सरकार तयार हुनुपर्ने बताएका छन् । अध्यक्ष महतोले बुधबार एक विज्ञप्ती जारी गर्दै रविको मुद्धा बार्गेनिङका आधार मिलाउन नहुने बताएका छन् ।
अध्यक्ष महतोले जारी गरेको विज्ञप्तीमा भ्रष्ट्राचारमा दोषी भएका जो सुकैलाई पनि कारबाहीको दायरामा ल्याएर देशका शुसासन कायम राख्न सरकार पछि पर्न नुहने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘लामिछानेको मुद्दामा पनि निष्पक्ष र न्यायसङ्गत छानबिन हुनुपर्छ। अहिले सरकारले अनुसन्धान गर्दैछ, न्यायालयले प्रमाण एवं तथ्यको आधारमा फैसला गर्लान् भन्ने राष्ट्रिय मुक्ति पार्टी नेपालले विश्वास लिएको छ । यी सबै प्रक्रियालाई नेपाली जनतासँगै राष्ट्रिय मुक्ति पार्टी नेपालले पनि सुक्ष्म ढंगले नियालिरहेका छौं ।




