देश

पूँजीबजार सुधारमा सरकारको जोड, विगतका विकृतिमाथि अर्थमन्त्रीको तीखो टिप्पणी

काठमाडौं । डा. स्वर्णिम वाग्लेले विगतका सरकारको समयमा पूँजीबजार र आर्थिक संस्थामा सीमित समूहको प्रभाव बढ्दा आम सर्वसाधारणको लगानी जोखिममा परेको बताएका छन्।मंगलबार अर्थ समितिमा आयोजित छलफलमा बोल्दै उनले राजनीतिक संरक्षण र आर्थिक पहुँचको आडमा बजारमा अनियमितता फैलाइएको दाबी गरे। उनका अनुसार केही व्यक्तिले बजार नियन्त्रण, इन्साइडर ट्रेडिङ तथा वित्तीय हेरफेरमार्फत ठूलो रकम अपचलन गरेको अवस्था सिर्जना भएको थियो।

अर्थमन्त्री वाग्लेले जेनजी आन्दोलनलाई परिवर्तनको संकेतका रूपमा उल्लेख गर्दै त्यसले आर्थिक तथा राजनीतिक क्षेत्रमा जमेको विकृति उजागर गरेको बताए। “त्यो हस्तक्षेप नभएको भए देश अझ गम्भीर संकटतर्फ जान सक्थ्यो,” उनले भने। सरकारले अब पूँजीबजारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित र पारदर्शी बनाउने लक्ष्य लिएको उनको भनाइ छ। स्टक एक्सचेन्ज पुनर्संरचनाका लागि बनेको समितिको सुझाव कार्यान्वयन गरिने र आगामी बजेटमार्फत पूँजीबजार सुधारका कार्यक्रमलाई थप प्राथमिकता दिइने उनले जानकारी दिए।

उनले सुशासन, पारदर्शिता र संस्थागत सुधारलाई केन्द्रमा राखेर विश्वस्तरीय क्यापिटल मार्केट निर्माणतर्फ सरकार अघि बढिरहेको दाबी गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *