विश्व

लेबनानमा स्वास्थ्य प्रणाली ’समाधान गर्न संघर्षरत छ : डब्ल्यूएचओ प्रमुख गेब्रेयसस

जेनेभा। इजरायलले हवाई हमला बढाई देशमा स्थलगत आक्रमणहरू सुरु गरेपछि लेबनानले आफ्नो स्वास्थ्य प्रणालीलाई निरन्तरता दिन कठिनाई भइरहेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले मङ्गलबार चेतावनी दिएका छन् ।

हाल लेबनानमा मृत्यु हुनेको सङ्ख्या बढ्दै गइरहेको र अस्पताल बिरामी तथा घाइते मानिसहरुले भरिएको उल्लेख गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनका अनुसार लगातारका सङ्कटहरूले स्वास्थ्य प्रणाली कमजोर भएको छ भने आवश्यकताको सामना गर्न लेबनानले गरेको सङ्घर्षको डब्ल्यूएचओले मुल्याङ्कन गरिरहेको छ ।

इजरायलले गत महिना गाजामा भएको युद्धबाट आफ्नो ध्यान लेबनानतर्फ केन्द्रित गरेको थियो । इरान समर्थित हमासद्वारा अक्टोबर ७ मा भएको हमलापछि इजरायलले आफ्नो उत्तरी सिमाना सुरक्षित गर्न थालेको थियो ।

बेरुत र यसको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणसहितको लडाईमा गत हप्तादेखि एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । टेड्रोसले जेनेभामा अरब लिगका राजदूतहरूसँग भेटेर परिस्थितिबारे छलफल गरेका थिए । शरणार्थीसहित बिरामी, स्वास्थ्यकर्मी र नागरिकलाई सुरक्षित गरी उनीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने उनले बताएका छन् ।

डब्ल्यूएचओले लेबनानी स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरी अस्पतालहरूमा पर्याप्त चिकित्सा आपूर्ति सुनिश्चित गर्न र स्वास्थ्यकर्मीलाई प्रशिक्षित गरिएको छभने सबैभन्दा कमजोरका लागि आवश्यक स्वास्थ्य सेवाहरू कायम राख्न सक्नुपर्ने उल्लेख गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *