विश्व

पश्चिम बंगालमा रेल दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौँ । नेपालको पूर्वी नाका नजिकै रहेको पश्चिम बंगालको न्यू जलपाईगुडी छेउमा सोमबार बिहान यात्रुवाहक रेल मालवाहक रेलसँग दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

कोलकाताको सियालदह जाँदै गरेको कञ्चनजंघा एक्सप्रेस र न्यू जलपाईगुडी तिर आउँदै गरेको मालवाहक रेल बिहान साढे ९ बजे एकापसमा ठोकिएका थिए ।

दुई दर्जन बढी यात्रु घाइते भएको जनाए र ठक्करपछि रेलका तीनवटा डब्बा लिगबाट बाहिरिएका प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *