विश्व

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली ।मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन ईडी (प्रवर्तन निदेशालय)को हिरासतमा राख्न अदालतले अनुमति दिइएको छ ।यससँगै उनी अब अप्रिल १ सम्म हिरासतमा रहनेछन् ।

यसअघि दिइएको ६ दिनको समय सीमा सकिएपछि ईडीले बिहीबार केजरिवालमाथि अनुसन्धान गर्न थप सात दिनको समय माग गरेका थियो । तर अदालतले चार दिन मात्रै समय थप गरेको छ ।

ईडीले केजरीवाललाई सोधपुछपछि गत बिहीबार निवासबाटै पक्राउ गरेको थियो। त्यसपछि उनलाई गत शुक्रबार अदालतमा पेस गरिएको थियो ।

यस्तै जेलमा रहेकाले केजरीवाललाई मुख्यमन्त्री पदबाट मुक्त गर्नुपर्ने मागसहित परेको निवेदनलाई भने अदालतले खारेज गरिएको छ । अदालतले मुख्यमन्त्री पदबाट मुक्त गर्नुपर्ने नियम र कानुन नरहेको भन्दै त्यसमा न्यायीक हस्तक्षेपको कुनै ठाउँ नभएको बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *