देश

सिआईबीको हिरासतबाट हाजिरी जमानीमा छुटे १० बैंकर

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले १० जना बैंकरलाई बिहिबार हाजिरी जमानीमा छाडेको छ।

सीआईबीले ती बैंकरका परिवार र बैंकका प्रतिनिधिको रोहबरमा छाडेको हो। उनीहरुमाथि ब्यूरोले प्रारम्भिक अनुसन्धान सकेर १७ दिनपछि हाजिरी जमानीमा छाडेको हो।

सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले अनुसन्धानमा सहयोग गर्ने र दैनिक हाजिरी हुने गरी छाडिएको बताए। प्रहरीले अनुसन्धान भने जारी रहेको जनाएको छ।

धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोप उनीहरुमाथि छ। तत्कालीन सेञ्चुरी बैंकका सीईओ तथा पूर्वसीईओसहितका १० जनालाई फागुन २९ गते थप पाँच दिन हिरासतमा राख्न ब्यूरोले अनुमति पाएको थियो। सीआईबीले फागुन १५ गते उनीहरुलाई पक्राउ गरेको थियो।

हिरासतमुक्त हुनेमा प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपाने, तत्कालिन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *