देश

कर्ण मल्ललाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । नेता कर्ण मल्ललाई अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।बलात्कारको आरोपमा मल्ललाई जिल्ला अदालत ललितपुरले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

जिल्ला अदालत ललितपुरका न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले मल्ललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै मल्लविरुद्ध जाहेरी दिएकी थिइन् ।

मल्ललाई प्रहरीले गत चैत १४ गते पक्राउ गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *