काठमाडौँ।नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राजनीतिमा गठबन्धनमा तोडिनु सामान्य भए पनि हिजोको घटना सामान्य नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्स उनले यस्तो लेखेका हुन् ।
‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होइन’ कोइरालाले एक्समा लेखेका छन् ।
उनले नेकपा माओवादी केन्द्रलाई संकेत गर्दै सत्तासँग गठबन्धन गर्नु कांग्रेसलाई महंगो सावित भएको उल्लेख गरेका छन् ।
‘कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो’ कोइरालाले लेखेका छन् ‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौं ।’




