मुख्य समाचार

संसदीय दलको बैठक बोलाउने कांग्रेसको तयारी

काठमाडौँ।नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाउने तयारी गरेको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बैठक बोलाउने तयारी गरेको हो ।

कतिपय नेताहरू काठमाडौँ बाहिर भएकाले तत्काल बैठक बोलाउन नसकेको कांग्रेसका एक नेताले बताए । ति नेताका अनुसार समय फिक्स नभए पनि आज दिउँसोसम्ममा बैठक बस्नेछ ।

नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ भने नेकपा एमालेको सचिवालय बैठक पनि बालकोटमा जारी छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पनि सचिवालय बैठक जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *