विश्व

सहायताको पर्खाइमा रहेका प्यालेस्टिनीमाथि बम आक्रमण, ७० जनाको मृत्यु

गाजा शहरको पश्चिम क्षेत्रमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमण गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको छ।

इजरायली बमबारीमा कम्तीमा ७० जनाको ज्यान गएको र २५० जना घाइते भएको मेडिकल स्रोतले सिन्ह्वालाई बताएको छ।

मृतक र घाइतेहरूलाई अल-शिफा अस्पतालमा लगिएको छ। तर अस्पतालमा चिकित्सक र चिकित्सा उपकरणको अभाव रहेको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अल-राशिद स्ट्रिटमा नागरिकको भेलालाई आक्रमणको निशाना बनाएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *