देश

पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका-५, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताएअनुसार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रजिअ काफ्लेले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *