देश

सुनिल र विकललाई थप सात दिन थुनामा राख्न अनुमति

काठमाडौँ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेस्रो पटक सात दिन थुनामा राख्ने अनुमति लिएको छ ।

एक साता अघि दोस्रो पटक विशेष अदालतबाट लिइएको सात दिन हिरासतमा राख्ने अनुमतिको म्याद बुधबार सकिएको थियो । त्यसकारण अख्तियारले फेरि एक साताका लागि हिजो याद थपेको हो । पौडेलद्वयलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीका सम्बन्धमा अख्तियारबाट अनुसन्धान भइरहेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *