देश

६ सयजनालाई ठगी गरेको आरोपमा ललितपुरका सुजन तामाङ पक्राउ

काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ६ सयजनालाई ठगी गरेको आरोपमा विकास वाइबा भनिने सुजन तामाङलाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीका निम्ति विभिन्न देशमा पठाइदिने भन्दै उनीमाथि ठगी गरेको आरोप छ । क्रोसिया, क्यानडा पोल्यान्ड, पोर्चुगललगायत मुलुकमा पठाइदिने भन्दै उनले प्रतिव्यक्ति पाँच लाखदेखि १८ लाख रुपैयाँसम्म असुलेको प्रहरीको भनाइ छ । तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । उनी काठमाडौंको बालाजुचोकस्थित युरोन्स म्यानपावरका सञ्चालक हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *