काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई दोस्रोटपकट ७ दिन थुनामा राख्ने अनुमति दिएको छ।
एक साता अघि अदालतबाट लिइएको ७ दिन हिरासतमा राख्ने अनुमतिको म्याद आज सकिँदै थियो। त्यसकारण दोस्रो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत पुगी म्याद थपेको हो।




