काठमाडौं ।न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा बुधबार उच्च अदालत पाटन र सो मातहतका अदालतमा शोक बिदा हुने भएको छ ।
बहालवाला न्यायाधीशको निधनमा शोक बिदा दिने प्रचलनअनुसार बुधबार शोक बिदा दिइएको उच्च अदालत पाटनले जनाएको छ । न्यायाधीश मरासेनीको मंगलबार घरबाट अदालत हिँड्ने बेला हृदयाघातबाट निधन भएको थियो ।
उनी दुई दिनअघि मात्र जिल्ला अदालत रौतहटबाट सरुवा भई उच्च अदालत पाटन आएका थिए । मंगलबार पहिलो इजलास तोकिएको थियो । तर उनले सुनुवाइ नै गर्न पाएनन् ।





