काठमाडौं । ललितपुरको नागबहालस्थित अपार्टमेन्टमा एकजना जर्मन नागरिक मृत फेला परेकी छन् । सोमबार बिहान ती जर्मन महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए ।
ती मृतक महिलाको टाउकोमा चोट देखिएको छ । राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ । करिब ५५–६० उमेरकी ती महिला एक वर्षदेखि त्यहाँ बस्दै आएको बताइएको छ ।




