देश

मंगलबार नेपालमा हिउँदे वर्षा हुने प्रक्षेपण

काठमाडौं । नेपालमा मंगलबार र बुधबार यस वर्षको पहिलो हिउँदे वर्षा हुने प्रक्षेपण गरिएको छ । पश्चिम वायु ढिलो गरी भारतको पन्जाब, हरियाना, उत्तर प्रदेश हुँदै आइतबार सुदूरपश्चिमसम्म पुगेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति र सोमबार सुदूरपश्चिमबाट सामान्य बदली हुँदै मंगलबार वर्षा, उच्च हिमाली र पहाडी भागमा हिमपात हुने छ ।

आइतबार कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका धेरै भागमा बाक्लो हुस्सु लागेको छ । कैलाली, कञ्चनपुर पश्चिम वायुको सामान्य प्रभाव आज रातिदेखि नै देख्न सकिने अनुमान गरिएको छ। हिउँदे वर्षा भने सोमबार रातिदेखि बिहीबारको बीचमा हुने सम्भावना छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *