देश

रूसी सेनामा कार्यरत रसुवाका सुन्दर मोक्तानको निधन

रसुवा । रुसी सेनामा कार्यरतरसुवाको नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको निधन भएको छ । उनी गत भदौ अन्तिमतिर रोजगारीका लागि क्रोयसिया गएका थिए । मृतकका आफन्त बुद्धि मोक्तानले कार्तिक अन्तिममा क्रोयसिया छु भनेर कुरा भएको जानकारी दिएका छन् । उनले भने, ‘केही दिनपछि जंगलको बाटो भएर रुस जाने भएकाले नेट नलाग्ने भनेका थिए, पछि दुःखद खबर आयो ।’ अहिले उनको मृत्युको खबरले उनको परिवार शोकमा डुबेको छ । यससँगै रुसी सेनामा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ ।

उनको २६ दिनअघि मृत्युको भएको खबर आएको र शव ल्याउनेबारे कुरा भइरहेको नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर तामाङले बताएका छन् । रुसमा रहेका चन्द्र तामाङ नाम गरेका व्यक्तिले उनको मृत्यु भएको खबर परिवारलाई गरेका थिए । नेपाली सेनामा जागिरे सुन्दर सशस्त्र द्वन्दमा माओवादीको दबाबपछि जागिर छाडेका थिए । परिवार पाल्न उनले निर्माण व्यवसाय कम्पनीमा पनि काम गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *