देश

बक्सिङ खेलाडी गोसाईलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा ३० वर्षीय युवक पक्राउ

काठमाडौं। बुधबार राती आफ्नै घरमा मृत फेला परेकी सशस्त्र प्रहरी बल (एपीएफ) की सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई आत्महत्या प्रकरणमा एक जना पक्राउ परका छन् ।

गोसाईंलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा भक्तपुर नगरपालिका–९ घर भएका दिनेश लबजु पक्राउ परेका हुन् ।

२८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिईन् । आफ्नै तीन तले घरको छतमा रहेको जस्ताको डन्डीमा पासो लागेको अवस्थामा गोसाई मृत भेटिएकी थिईन् ।

गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । गोसाईका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए।

गोसाईको केही समयपछि विवाह गर्ने तयारी रहेको पनि पारिवारिक स्रोतले जनाएको छ ।

नवौँ राष्ट्रिय खेलकुदमा उनी ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *