देश

मुग्लिन-नारायणगढ सडक चौबिसै घन्टा खुल्ने

काठमाडौँ ।मुग्लिन-नारायणगढ सडक खण्ड दुई दिनका लागि चौबिसै घण्टा खुला गरिने भएको छ।

माघी, माघे संक्रान्ति पर्वलाई लक्षित गरेर मुग्लिन-नारायणगढ सडक खण्ड आज र भोलिका लागि चौबिसै घण्टा खुला गरिने भएको हो।

मुग्लिन-नागढुंगा आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका माघी, माघे संक्रान्ति पर्वलाई घर जाने यात्रुहरुलाई समस्या नपरोस् भनेर दुई दिन काम रोकेर सडक खुलाइने जानकारी दिए।

मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा पहरो फोर्ने काम चलिरहेको हुँदा दैनिक दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गर्ने गरिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *