देश

बझाङमा शक्तिशाली भूकम्पको धक्का

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ः३२ मा ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास रहेको छ ।

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्प गइरहेको छ । सदरमुकाम चैनपुरमा राति भूकम्पले घर हल्लिएपछि स्थानीय खुला चौरमा निस्किएर पुनः घर फर्किएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *