देश

बम्जनको आश्रमबाट चार अनुयायी हराएको उजुरी छ- सीआईबी

काठमाडौँ । तपस्वी मानिएका रामबहादुर बम्जनको आश्रमबाट चार अनुयायी बेपत्ता भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

बुधबार सर्वजनिक गर्दै सिआईबीले बम्जनको आश्रमबाट चार अनुयायी हराएको उजुरी प्राप्त भएको एसएसपी दिनेश आचार्यले जानकारी दिएका छन् ।

व्यक्ति बेपत्ता, बाल यौन दुराचारलगायत आरोपमा सीआईबीले बमजनलाई मंगलबार साँझ हात्तिगौँडाबाट पक्राउ गरेको थियो । सीआईबीले उनलाई पक्राउ गर्न ‘अप्रेसन ब्लु’ चलाएको थियो । बम्जन विगत २ महिनादेखि हात्तिगौँडामा परिवारसँग रहेको प्रहरीको दाबी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *