काठमाडाैं । नेपाल स्काउटका प्रमुख स्काउट युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको अध्यक्षतामा नेपाल स्काउट राष्ट्रिय परिषद्का पदेन सदस्यहरुको बैठक बसेको छ ।
राष्ट्रिय प्रधान कार्यालयमा बसेकाे बैठक नेपाल स्काउटको पूर्वघोषित निर्वाचन कार्यक्रमलाई सम्पन्न गर्ने बिषयमा केन्द्रित रहेको बताइन्छ ।
बैठकमा उपस्थित राष्ट्रिय परिषद्का अध्यक्ष एवं पदेन सदस्यहरुलाई राष्ट्रिय प्रधान कार्यालय परिसरमा राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारी, सदस्यहरु शिवबहादुर भण्डारी, बिजेन्द्र ध्वजुलगायत सयौंको संख्यामा उपस्थित स्काउटरहरुले स्वागत गरेका थिए ।
बैठकमा नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारी, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, युवा तथा खेलकुद मन्त्रालयका सचवि रविलाल पन्थ, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्याल, नेपाल रेडक्रस सोसाईटीका महामन्त्री भुपतीलाल श्रेष्ठलगायतको उपस्थिति रहेको छ ।




