नुवाकोट । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले युवाशक्तिलाई स्वदेसमै रोजगारको व्यवस्था गर्न राज्यले ‘विशेष पहल’ गर्नुपर्ने बताउनुभएको छ ।
यशोदादेवी भगवानसिंह केसी ममोरियल ट्रष्टले शनिबार नुवाकोटको विदुरमा आयोजना गरेको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी सम्मान कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले केही समयअघि रोजगारको लागी विदेस जाने गरेकोमा अहिले अध्ययन र रोजगारमा जानेको सङ्ख्या निकै बढेकाले त्यसलाई रोक्न सरकारीस्तरबाट ‘विशेष पहल’ हुनुपर्ने बताउनुभएको हो ।
ठूलो लगानी गरेर वैदेसिक यात्रामा पुगेका युवा पलायन हुनुपर्ने अवस्थाले उच्च शिक्षा अध्ययनको लागी गरिएको लगानी र उत्पादन भएका दक्ष जनशक्तिलाई स्वदेसमा फर्काउने नीति ल्याउनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा शैक्षिक सत्र २०७८ र २०७९ मा नुवाकोट र रसुवाको सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, शैक्षिक गुणस्तर सुधार गर्ने विद्यालयलाई सम्मान गरिएको थियो ।





